गौर ६ जेष्ठ ।
रौतहटको चन्द्रनिगाहपुरमा आईसोलेसन निर्माण कार्य तिब्र रुपमा भैरहेको छ । चन्द्रपुर नगरपालिका–२ स्थित शहिद स्मृती पार्कमा आईसोलेसेनको निर्माण कार्य थालिएको हो । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रौतहट लगायत देशभरी तिब्र रुपमा बढन थालेपछि चन्द्रपुर नगरपालिका सहित ४ वटा नगरपालिकाले संयुक्त रुपमा आईसोलेसन निर्माण कार्यमा जुटेको हो । यसअघि चन्द्रपुर नगरपालिका–६ स्थित स्वर्गीय शेरबहादुर दर्लामी खेलमैदानमा निर्माण भएको एन्फा एकेडेमी भबनमा क्वारेन्टाईन बनाएको चन्द्रपुर, बृन्दाबन, गुजरा र गढीमाई नगरपालिकाले यसपटक भने चन्द्रपुर–२ स्थित शहिद पार्कमा आईसोलेसन निर्माणमा जुटेको हो । निर्माण कार्यको जिम्मा पाएका गढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले आईसोलेसन निर्माणको कार्य तदारुकताका साथ थालिएको बताउनुभयो । चन्द्रपुर नगरपालिकाको २५ लाख, बृन्दाबन, गुजरा र गडिमाई नगरपालिकाको १५- १५ लाखको लागतमा २२ बेडको आईसोलेसन निर्माण गर्न लागिएको हो । उक्त आईसोलेसन निर्माण कार्य गाउँ वस्तिबाट एकान्त स्थलमा रहेको छ । राजमार्ग संगै रहेको सो स्थानमा पुर्वाधार निर्माण संगै कोभिड अस्पताल बनाउन समेत उपयुक्त स्थान रहेको जनाइएको छ । रौतहटमा समेत २१ जनामा कोरोना भाईरसको संक्रमण देखि सकेकोको छ जसमध्ये तीन जना लाई नारायणी उपक्षेत्रिय अस्पताल बीरगजको आईसोलेसनमा भर्ना गरिएको छ भने आईतबार पुष्टि भएका दश जना र सोमबार पुष्टि भएका कोरोना भाईरसका संक्रमित ८ जना लाई गौर स्थित नर्सिङ्ग ईन्सिच्युटमा निर्माण गरिएको आईसोलेसनमा भर्ना गरिएको स्वास्थ्यका फोकल पर्सन हरेन्द्र गुप्ताले बताउनु भयो । संक्रमित बढन सक्ने अनुमान सहित क्वारेन्टाईन र आईसोलन निर्माण गर्नु पर्ने जरुरी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here