गरुडा ६ जेठ । मंगलबार बिहान आएको हावा हुरीले जिल्लाको विभिन्न स्थानमा लाखौंको क्षति पुर्याएको छ । विहान ६ बजे तिर आएको पानी सहितको हावा हुरीले जिल्लाको गुजरा, काटहरिया, गरुडा तथा माधव नारायण नगरपालिकाका विभिन्न वडाहरूका घरको छाना उडाएको हो । हावा हुरीले सबै भन्द बढी क्षति गरुडा नगरपालिकाको वडा नम्वर २ पुर्याएको छ । वडा नम्वर९२ गेडहीगुट्ठीमा राम बचन साहको साहु पोल्ट्री फर्मको छाना उडाउदा तयारी अवस्थामा रहेको एक सय ५० ओटा कुखुरा मरेको र त्यति नै संख्यामा कुखुरा घाइते हुँदा ३ लाख ५० हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ । साथै बिहानै आएको हावाहुरीले गुजरा नगरपालिका—४ जंगलसहियामा विन्देश्वर पासवानको घरको तथा राम वृक्ष चौधरीको गोठको छाना र पोखरभिण्डाको ४ ओटा घरको छाना उडाएर क्षति पुर्याएको हरिनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक संजय सिंहले जानकारी दिएका छन् ।
त्यसै गरी गरुडा नगरपालिकाको वडा नम्वर—१, ६, गुजरा नगरपालिकाको वडा नम्वर—३, माधव नारायण नगरपालिकाको वडा नम्वर—४ मा समेत हावाहुरीले घर र गोठको छाना उडाएर क्षति पुर्याएको समाचार प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here