अशोक पहाडी
रौतहट,७ जेठ । जिल्लाका सहरी क्षेत्रका बालबालिका विद्यालय बन्द भययता दिनभरी मोवाईल र टिभीमा ब्यस्त हुने गरेको पाईन्छ ।
ग्रामिण भेगका बालबालिका भने साथीभाईसंग गाउघरमा खेल्नमै रमाउने गरेको स्थानीय अभिभावकहरुले बताए ।
विद्यालय बन्द भएपछि आफ्ना दुई छोराको ध्यान मोवाईलमा गेम खेल्ने र टिभीमा मस्त रहने बानीनै पर्न थालेको चन्द्रपुर ४ की ग्रृहणी इन्दिरा तिवारीले बताईन् । तिवारी जस्तै अधिकांस अभिभावक लकडाउनका कारण आफ्ना बालबालिकाको ध्यान मोवाइल र टिभिमा केन्द्रीत हुदै गएकोमा चिन्तित हुन थालेकाछन् । देशका अन्य स्थानमा निजी विद्यालयले अनलाईनका माध्यमाबाट पठन पाठन थालेपनि रौतहट जिल्लामा निजी विद्यालयले त्यस्ता कुनै काम थालेका छैनन् ।
विद्यार्थीलाई अहिलेको लकडाउनको समयमा अध्यानमा केन्द्रीत बनाउने तर्फ सम्बन्धीत निकायले र अभिावक आफैले ध्यान दिनुपर्ने नेपाल रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य सपुत बहादुर कार्कीको भनाइ रहेको छ ।