पर्सा,७ जेठ । गत बैशाख ३० मा पर्सामा दुई सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सञ्चारकर्मीका सवारीसाधन सञ्चालनमा बन्देज लगाइएको छ। सोही दिनदेखि निषेधाज्ञा हटे पनि सञ्चारकर्मीका सवारी चलाउने अनुमति भने जिल्ला प्रशासन कार्यालयबाट मिलेको छैन। सवारी चल्न नसकेपछि फोन सम्पर्कबाट काम चलाउनु पर्ने सञ्चारकर्मीको बाध्यतामा नारायणी अस्पताल, जनस्वास्थ्य कार्यालय, वीरगन्ज महानगरपालिका कार्यालयजस्ता स्वास्थ्य क्षेत्रका लगायतका जिम्मेवार व्यक्ति सम्पर्कमा आउनै छोडेका छन् । केहीको नम्बरमा फोन लागे पनि उठ्न छोडेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी पनि अधिकांश समय विभिन्न बैठकमा रहनु पर्ने कारण सञ्चारकर्मीले चाहेको समयमा सूचना पाउन पनि सकस भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here