अशोक पहाडी
गौर,७ जेठ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाबासीलाई सतर्क रहन आग्रह गरेको छ । भारतको उडिसा र वेष्ट बंगालमा अंपुन चक्रवात चलिरहेको र त्यसको प्रभाव स्वरुप नेपालमा हावाहुरी ,असिना पानी ,चट्याङ पर्न सक्ने भएकाले रौतहट जिल्लाबासीलाई सर्तक रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरणनीधी तिवारीले तराई एकसप्रेसलाई जानकारी दिएका छन् । हिजो बिहान आएको हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा क्षती पुगेको थियो,भने मत्सरीमा नेपाल टेलिकमको टावरनै ढलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here