रौतहट,९ जेठ। गढीमाई नगरपालिका–३ मुस्लीम टोल बस्ने २५ वर्षीया निसनार चुरीहार आफ्नै घरको कोठामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
सर्लाही, चन्द्रनगर गाउँपालिका–४ र ६ को सिमानामा पर्ने कटही खोलाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीया महिला बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
ओखलढुङगा, सिद्धिचरण नगरपालिका–७ दोल्पु बस्ने ४५ वर्षीय पासाङ फुरी शेर्पा सोही ठाउँस्थित खर पाखामा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here