सर्लाही,९ जेठ । जिल्लाको उत्तरी भेगमा पर्ने लालबन्दी नगरपालिकामा किसानले लगाएको मकैमा किरा लागेपछि किसान चिन्तामा परेकाछन् ।
लालबन्दी नगरपालिका १६ परवानिपुरका किसानहरुले पटक पटक किरा मार्ने औषधी हाल्दा समेत मकैमा लागेको किरा नमरेपछि किसान चिन्तामा परेका हुन ।
मकैको बोटमा किरा लागे पछि किरा मार्न औषधि ३ खेप सम्म हाल्दा किरा नमरे पछि किसानहरु आफै मकैको बोट बोटमा गएर किरा मार्न थालेका छन् ।
किसानको समस्याका बिषयमा नगरपालिकाले समेत चासो नलिएको हाम्रा स्थानीय सहकर्मी राजेश पाठकले जानकारी दिएकाछन् ।
# मकैमा किरा #