चन्द्रनिगाहपुर,९ जेठ । लुम्बिनी विकास बैंकले चन्द्रपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । विश्वभर फैलिसकेको कोरोना संक्रमण
रौतहटमामा भेटीए पछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक लिमिटेड चन्द्रपुर शाखाका प्रबन्धक सुबोध कोइरालाले चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीलाई सो सामाग्री हस्तान्तरण गरेका हुुन् ।
बैंकले १००० थान सर्जिकल मास्क, ५ सय जोडी ग्लोब्स, २५०० मिलि लिटर सेनिटाइजर, १ सय १० लिटर डिसइन्फेक्टेड लिक्विड, चार थान पीपीई सेट उपलब्ध गराएको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नका लागि स्थानीय स्तरमा कोरोना संक्रमणबाट बचाउन खटिने स्वस्थ्यकर्मीको सुरक्षाको गर्ने उद्देश्यले यी सामाग्रीहरु वितरण गरिएको लुम्बिनी विकास बैंक लिमिटेड चन्द्रपुर शाखाका प्रबन्धक कोईरालाले बताए ।