रुपेन्द्र पटेल, ९ जेठ, रौतहट ।
हाम्रो सानो प्रयास ( अभियान) काठमान्डौको सहयोगमा तथा सृजनात्मक समाज कल्याण केन्द्र द्वारा रौतहटमा ६० परिवारलाई राहत वितरण गरेको छ । लकडाउका कारण खान पिनमा समस्या परेपछि अति विपन्न, असहाय तथा गरिब परिवारलाई हाम्रो सानो प्रयास ( अभियान) काठमान्डौको सहयोगमा तथा सृजनात्मक समाज कल्याण केन्द्र द्वारा रौतहटमा ६० परिवारलाई राहत वितरण गरेको हो । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं— २ र गढीमाई नगरपालिकाको विनगरा टोलमा पहिलो चरणको राहत वितरण गर्ने काम सफलताको साथै लकडाउनको पूर्ण रुपमा पालना गरी सो राहत वितरण गरिएको सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्ष रामसोगारथ शर्माले जानकारी दिएका छन् । विश्वभरी महामारीको रुपमा फैलिंदै गएको कोरोना भाइरसका कारण देशमा २ महिना देखि बन्दाबन्दी रहेको अवस्था रहेको छ । यस्तो समयमा ज्यालादारी गरेर खाने व्याक्तिहरुको जीवन धाउन कठिनाई मात्र हैन धेरै नै गाह्रो भएको अवस्था रहेको बेला रौतहट जिल्लाको पनि विभिन्न स्थानमा यस्तो समस्या न हुने होइन । यहाँ ज्यालादरी गरी खाने व्यक्तिहरुलाई सक्दो सहयोग गर्न तथा आफुले एउटा सानो प्रयासको थालनी गरेको सृजनात्मक समाज कल्याण केन्द्र नेपाल रौतहटको अध्यक्ष शर्माको भनाई रहेको छ । हजारौ घरपरिवारबाट मात्र ६० जना अति बिपन्न तथा असहाय व्यक्तिको खोजी गर्नु एक आफैमा अनुसन्धान रहेको र त्यो कार्य सफलताको साथमा पूरा भएको कारण हाम्रो सानो प्रयासको कोर टिम खुसी व्यक्त गर्दै आउदो दिनहरुमा यस्तो समाज सेवीको काम तथा सहयोग गर्न शर्मालाई उत्प्रेरित गरेका छन । हाम्रो सानो प्रयास काठमान्डौको आर्थिक सहयोगमा र सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा २० केजी चामल, २ केजी, १ केजी स्वाबीन तेल, १ केजी नुन, ५ केजी आलु २ पिस हाथ धुने साबुन राहत वितरण गरेको विवेक शर्माले जानकारी गाराउनुभएको छ । हाम्रो सानो प्रयासले काठमान्डौमा आज महिनौ देखि भोका, गरिव, असहाय व्यक्तिहरुलाई पोषिलो खाना खुआउने अभियान संचालनमा राखेको हाम्रो सानो प्रयासको कोर टिमको सदस्य पुकार भामले जानकारी गराएका हुन ।भने अबको दिन फेरी तराईमा सहयोग गर्न तत्पर रहेको वहाँको सोच रहेको छ । राहत वितरण गरेको व्याक्तिहरुमा एकल महिला, अनाथ बालबालिका, एकल पुरुष, ज्यालादारी गरेर खाने व्यक्ति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here