काठमाडौं – नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय संचारमाध्यमको सिकार हुन पुगेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको बचाउमा नेपाली सेलिब्रेटी उत्रिएका छन् । अभिनेत्री मनिषालाई भारतको खाएर चिनसँग मिलेर भारत बिरोधी गतिबिधि गरेको समेत आरोप भारतीय मिडियाले लगाउदै आएका छन् । यतिमात्र कहाँ हो र ? नेपालीको कदमको समर्थन गरेको कारण सामाजिक प्रयोगकर्ता भारतीयले समेत मनिषाको बिरोधका आवाज उठाएका छन् । मनिषाको बचाउमा कलाकारले आ–आफ्नो सामाजिक संजालमार्फत खुलेरै समर्थ गरिरहेका छन् । कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय संचार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here