चन्द्रपुर १० बैशाख ।
रौतहटका ३ जना कोरोना संक्रमित उपचारपछि निको भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरुलाई शनिबार अस्पतालले डिस्चार्ज गरेका छन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमा उपचाररत प्रदेश २ का ७१ जना कोरोना संक्रमितमध्ये अन्य ६ जनालाई पनि शनिबार नै डिस्चार्ज गरिएको छ । रौतहटका ३ संक्रमित सहित डिस्चार्ज हुने अन्य संक्रमितहरुमा पर्साका ३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका हुन् । शनिबार एकैदिन ९ जना डिस्चार्ज भएपछि नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ पुगेको अस्पतालले जनाएको छ भने गण्डक कोभिड अस्पतालमा अन्य २५ जना संक्रमितको उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here