चन्द्रपुर १० जेठ ।
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको शनिबार ६१ औँ दिन बितेको छ । लकडाउनको दुई महिना बित्दा यसले जनवजीवन नराम्ररी प्रभावित भएको छ । गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन हालसम्म पनि जारी हुँदा जनजीवन कष्टकर बन्दै गएको छ । यतिबेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । विभिन्न समयमा लकडाउन खुकुलो हुने हल्ला चलेपनि देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई लम्ब्याएको हो । रौतहटका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको देखियो । रौतहटका सडक लगभग खाली देखियो । सडकमा मानिसहरुको आवागमन ज्यादै न्यून छ । फाट्टफुट्ट केही अत्यावश्यक सवारी भने चलेका थिए । किसानलाई खेतबारीमा काम गर्न भने लकडाउनले रोकेको छैन । रौतहटको ग्रामिण भेगमा पुग्दा केही किसानहरु मकै काट्दै गरेको देखिएको थियो । त्यस्तै लकडाउनले केटाकेटीलाई खेल्दै रमाइलो गर्न पनि रोकेको छैन ।
तस्वीर ः रुपेन्द्र पटेल



