संजय महरा
सिरहा,११ जेठ ।
अनैतिक सम्बन्ध राख्न नमाने पछि गैर दलितद्धारा एक दलित महिला माथि कुटपिट भएको छ ।
जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित श्रिमान बैदेशिक रोजगारिको लागि गएको मौका छोपि सप्तरी जिल्ला सिसबाकटि वडा नम्बर ६ हाल कल्याणपुर नगरपालिका ११ बस्ने उमेश प्रसाद साहको छोरा बर्ष २४ का गान्धी साहले सोहि कल्याणपुर नगरपालिका ११ की एक महिला माथि कुटपिट गरेका हुन ।
पटक पटक फोन गरेर आफुसंग अनैतिक सम्बन्ध राख्न दबाब दिएको र नमानेपछि कुटपिट गरेको स्थानीयले बताए ।
अनैतिक सम्बन्ध राख्न नमान्दा गालि गलौज गरि कल्याणपुर नगरपालिका को अगाडि घिसार्नु संगै लुगाफाटो समेत च्याति दिएको छन ।
कल्याणपुर ईलाका प्रहरी कार्यालय प्रमुख प्रमोद साहलाई घटना बारे बताए पनि बैजनाथ साहको पहुँच ले गर्दा फत्राउ नभएको बताइएको छ ।
पिडितको हाल मिचैर्या अस्पतालमामा उपचार गराईरहेको छ । दलित अधिकारकर्मि संजय महराले अन्याय अत्याचार गर्ने लाई कानुनको कठघघेरामा ल्याई दोषिलाई करबाहिको माग गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here