एजेन्सी, ११ जेठ । आवाज तपाईको पहिचान हो । यदि तपाई गायन, अभिनय, समाचार बाचन, डबिङ वा टेलिभिजन होस्टिङ जस्ता क्षेत्रहरुमा भविष्य बनाउन चाहनुहुन्छ भने तपाईको आवाजले ठूलो भूमिका खेल्छ ।

अधिकांश मानिसहरुको आवाज प्राकृतिक रुपमा सामान्य हुन्छ । तर तपाईको सानो सानो गल्तीहरुले तपाईको आवाजलाई खराब बनाउँछ । तपाईको नराम्रा बानी तथा खानपाने आवाज निस्कने भोकल कर्डलाई प्रभावित पारिरहेको हुन्छ ।

यस्ता खराब बानीहरु आजैबाट त्याग्नुहोस् ;
१. पर्याप्त पानी नखाने बानी
यदि तपाई शरीरलाई आवश्यक भन्दा कम पानी पिउनुहुन्छ भने पनि तपाईको आवजमा नकरात्मक असर पर्नसक्छ । घाटीभित्र पर्याप्त तरल पदार्थ पुगेन भने आवाज भर्भराउँछ । यसकारण वक्ताले सधै मन्चमा बोल्न अघि पानी पिउने गर्छन् । तपाईले दैनिक आठ देखि १२ लिटरसम्म पानी पिउनुपर्छ । यसबाहेक आवाजलाई सुमधुर बनाउन मिठो फल र पानी भएको सब्जीहरु सेवन गर्नुहोस् ।

२. गलत आवाज निकाल्ने प्रयत्न
मानिसहरु रमाइलो गर्दा होस् वा रिसाउँदा नराम्रो आवाज निकालिरहेका हुन्छन् । यस्तो बानीले भोकल कर्डमा नकरात्मक असर पर्छ ।

३. सिग्रेटको लत
यदि तपाईको सिग्रेट पिउने नराम्रो बानी छ भने यसले तपाईको घाटीको भोकल कर्ड र आवाजमा नकरात्मक असर पार्छ । यसले तपाईको आवाजको मधुरता र बेसलाई खराब बनाउँछ ।

४. रक्सी र क्याफिनको अधिक सेवन
रक्सी स्वास्थका लागि मात्र होइन भोकल कर्डका लागि समेत खराब छ । यसबाहेक कफी तथा चिया जस्ता क्याफिन वाला ड्रग्सयुक्त खाद्य वस्तुले पनि भोकल कर्डमा नराम्रो असर पुर्‍याउँछ ।

५. घाँटी भएको अवरोध सफा गरिरहने बानी
घाँटीमा सबैको अवरोध उत्पन्न भइरहन्छ । केही समय चुपचाप बस्नु भयो भने यो आफै ठिक हुन्छ तर कराएर हल्ला गरेर तयो आवरोधलाई हटाउन खोज्नु हुन्छ भने तपाईको यो बानी बन्दै जान्छ र कालान्तरमा यसले तपाईको भोकल कर्डलाई असर पुर्याएर आवाजलाई खराब बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here