रौतहट १२ जेठ ।
नेपाल भारतको सिमा नाकामा अलपत्र परेका नागरिकलाई रौतहटको स्थानिय तहले उद्दार गरेर क्वारेन्टिनमा राख्न थालेपछि रौतहटमा क्वारेन्टिनमा बस्नेको संख्यामा ह्वात्तै बढेको छ । जिल्लाको विभिन्न २६ स्थानमा रहेको क्वारेन्टिनमा बसनेको संख्या करिब तीन हजारको हराहारीमा पुगेको हो । रौतहटको मौलापुर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा २८ जना, गुजरा नगरपालिकामा ५६ जना, चन्द्रपुर नगरपालिकामा ७३ जना, वृन्दावन र गढीमाई नगरपालिकामा गरी १२५ जना, माधव नारायण नगरपालिकामा ४८ जना, गौर नगरपालिकामा १०४ जना, राजदेवी नगरपालिकामा ६२ जना, परोहा नगरपालिकामा १५० जना, ईशनाथ नगरपालिकामा ७०० जना, राजपुर नगरपालिकामा ६८१ जना, देवाही गोनाही नगरपालिकामा २७१ जना, बौधीमाई नगरपालिकामा ५८ जना, कटहरिया नगरपालिकामा १०२ जना, फतुवा विजयपुर नगरपालिकामा १० जना, गरुडा नगरपालिकामा ५३ जना तथा यमुनामाई गाउँपालिकामा ६४ र दुर्गा भगवती गाउँपालिकामा ३३ जना रहेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल इन्टिच्युट क्वारेन्टिनमा ९ जना पाकिस्तानी समेत रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टिनमा बढ्दो चापलाई विचार गर्दै ५०० बेडको आइसोलेसन निर्माणको गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा हाल ४० बेडको आइसोलेसन बेड रहेको छ । आइसोलेसनमा एक महिलासहित १८ जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here