उपेन्द्र गोले
चन्द्रपुर, ११ जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार क्षेत्रमा लकडाउनको मौका छोपी काठ तस्करी तथा सिकार खेल्ने सिकारीको संख्या बढ्दै गएको छ । रौतहटको उत्तरी भाग पहाडी क्षेत्रमा पर्ने गैडाटार क्षेत्रमा हाल काठ तस्कर र चोरी सिकारीको बिगबिगी रहेको स्थानियबासीको भनाइ रहेको छ । समतल सतह लमाह र धुरुप जंगलमा वनगस्ति टोलीको निगरानी बढाउन थालेपछि पहाडी क्षेत्रबाट काठको तस्करी बढेको नाम नबताउने सर्तमा एक स्थनियले तराई एक्सप्रेसलाई बताए । सिकार खेल्नको लागी भने लमाह तथा धुरुप जंगलमा नै जाने गरेको स्थानियको भनाई रहेको छ । हाल हरेक दिन सिकार खेल्नका लागी ६०—७० जनाको समुह नै सिकार खेल्न सो वन क्षेत्रभित्र जाने गरेको प्रत्यक्षदर्शीको भनाई छ । यसरी सिकार खेल्नेहरुमा गैडाटार , भोलुम्टार , फुलबारी , जुडिबेला तथा हिले खोला , मोरङ्गे , चिसापानी लगायतका मानिसहरु आउने गरका छन । लकडाउनले केही काम गर्ने वाताबरण नभएकोले सिकार खेलेरै दिन काट्न बाध्य हुनु परेको स्थानियले आंकलन गरेका छन । यही मौका छोपी धुरुप तथा लमाहा जंगलमा दिउसो सालका गोलिया ढाल्ने र रातीको समय चिरान गर्ने गरेकोमा हाल वनगस्ति टोलीले गस्तिलाई कडा पारेपछि हाल पहाडी क्षेत्रमा काठ तस्करी जाने गेरको पाइएको छ । हाल स्थानिय निकायहरुले पहाडी इलाकामा सडक विस्तारको क्रम बढेपछि तस्करीहरुलाई सहजता मिलेको पाइएको छ । हाल चन्द्रपुर—३ गैडाटार वडा कार्यालय हुदै झुलेखोप , स्यालडाडा , वर डाडा पाकदुङ डाडा हुदै मकवानपुरको बकैया २ ख्याकु , बाघफलसम्म चारपाङग्री गाडी आवतजावत गर्न मिल्ने गरि सडक निर्माण गरिएको छ । हाल हरेक दिन सोही सडकको प्रयोग गर्दै १५०—२०० क्युफिटसम्मको काठ तस्करी हुने गरेको छ । लकडाउन अवधिमा रौतहटमा दिनहुँजसो काठ तस्करीका घटना हुने गरेका छन । तर वन कर्मचारी भने बेखबर रहेको पाइएको छ ।