उपेन्द्र गोले ,
चन्द्रपुर १२ जेठ ।
रौतहट जिल्लामा रहेका नदीजन्य पदार्थ अवैध उत्खनन भइरहदा समेत कारवाही गर्ने निकाय तथा जनप्रतिनिधिहरुले बेवास्ता गरेका छन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर—३ गैडाटार स्थित चादी खोलामा व्यवसायीले नदी उत्खलनन् मापदण्ड विपरित गरेका छन । चादी खोलाको उत्खनन् बारेमा विभिन्न माध्यामबाट गुनासो गरेको भएतापनि कुनै सुनुवाइ हुन सकेको छैन । लकडाउन हुनुपुर्व चन्द्रपुर नगरपालिकाको ठेक्का लगाएसंगै ठेकेदारले नियमित रुपमा दर्जनौ टिफरले चादी खोलामा ठुलाठुला खाल्टाहरु बनाएका छन । लकडाउनको समयावधिमा समेत हाल दिनानुदिन दर्जनौ टिफरहरुले सो खोलामा बालुवा ढुवानी गर्दै आएको छ । बिगत लामो समयदेखि गिटी, बालुवा निकाल्न प्रयोग गरिने दैनिक दर्जनौ संख्याका टिफरले तथा एक्जाभेटर र डोजर बगरमा प्रयोग गरि बनाएका खाल्टाले हाल स्थानियमा त्रास सिर्जना भएको छ । सानो बर्षमा समेत ति खाल्टामा गहिरो ताल बन्ने र सो स्थानबाट खोला पार गर्न भास रहने हुदा हाल आवतजावतमा समस्या सिर्जना भएको छ । दैनिक दर्जनौ टिफरहरु र २ थान एक्साभेटरले बिहान ६ बजेदेखि साझ ७ बजेसम्म चादी बगरका बालुवा उत्खलनन गर्दै आएका छन । खोला बगरबाट जथाभावी खाल्टो खनेर गिटी बालुवा र ढुंगा निकाल्ने कार्य बढेको गुनासो आउदा समेत कसैले चासो देखाइएको छैन । जथाभावी खाडल पारेर नदीजन्य पदार्थ उत्खनन गरिएकोले उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको स्थानिय शंकर न्यौपानेको भनाइ रहेको छ । चन्द्रपुरको वडा नम्बर ३ गैडाटार र वडा नम्बर ४ जोड्ने मध्य भागमा रहेको चादी नदीको दैनिक आवतजावत गर्न सडकको दाया बायामा खाल्टाखुल्टीहरु रहेका छन । हाल नवनिर्मित पुलतर्फ दैनिक बालुवा उत्खलन गर्दै आइरहेका छन । गैडाटारका स्थानिय बर्षाको समयमा आवतजावत ठप्प रहन सक्ने स्थानिय धनराज वाइवाले आंकलन गठरेका छन । चादी नदीमा गैडाटर क्षेत्रदेखि पुर्वपश्चिम राजमार्गमा रहेको चादी फुल क्षेत्रसम्म अत्याधिक वालुवा उत्खलनन गरिएको छ । स्थानियले बर्षासाममा सहज तरिकाले चन्द्रनिगाहपुर र गैडाटार आवतजावत गर्न मिल्ने गरि सडक निर्माण गर्नु पर्न माग समेत गरेका छन । सो सडकको निर्माण हुन नसकेमा गैडाटारका केही मानिसहरु भास तथा खोलाको सिकार बन्न सक्ने भन्दै स्थानियले आक्रोेस ब्यक्त गर्न थालेका छन ।