बर्दिबास,१२ जेष्ठ । महोत्तरीमा लागु औषध कारोवारीलाई समात्न गएको प्रहरीले गोली चलाउदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका वडा नं. ७ सहसौलाका सुरेन्द्र यादवको छोरा १६ वर्षिय राजन यादव रहेका छन । उनको वाया खुटटाको तिघ्रामा गोली लागेर उनी घाईते भएकोमा उपचारको क्रममा जलेश्वर अस्पतालमा उनको राती ११ बजे मृत्यु भएको हो । मृतकको शव पोष्ट मार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ ।
यता प्रहरीले सोहि घटनामा थप दुईजना अभियुक्त र लागु औषध समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु सोहि वडा निवासी २७ वर्षिय राहुल कुमार यादव र ४५ वर्षिय सुरेन्द्र यादव रहेका छन । मृतक राजन सुरेन्द्र यादवकै छोरा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here