काभ्रे १२ जेठ ।
विश्व महामारीको रुपमा रहेको कोरोनाको (कोभिड-१९) प्रभावलाई कम गर्न नेपाल सरकारले लामो समय देखि गरिएको लकडाउनको सदुपयोग गर्दै बनेपा -२ (साबिक टुकुचा ) गिरी गाँउका युवाहरू सामाजिक दुरी कायम गर्दै सामाजिक कार्यमा लागेका छन् । लामो लकडाउनको समयलाई धेरै जसो युवाहरु तास, क्यरिम बोर्ड खेलेर तथा दिन काट्न अनेक उपाय अपनाई रहेको अवस्थामा गिरी गाउँ टोल समितीका युवाहरु आफ्नो गाउँ बनाउन लागिपरेका छन् । कामको शिलशिलामा गाउँ बाहिर रहेका सो गाउँका युवाहरुले आफ्नो गाउँ फर्केर एकजुट भएर बन्दा बन्दीको सदुपयोग गर्दै सामाजिक काममा सक्रिय भएको यूनिक गिरीले बताए ।
अध्ययन, व्यापार व्यवसाय, जागिरमा व्यस्त भैरहने युवाहरू जारी लकडाउनमा आफ्नो गाउँ आफैँ बनाउूँ नाराका साथ गिरी गाउँ टोल सुधार समितीको अगुवाइमा बाटोको कल्भर्ट सरसफाई, भलिबल कोर्ट, ब्याटमिन्टन कोर्ट बनाउने आदि काममा सक्रिय भएको हो । साथै हप्ताको १ दिन यस्तै यस्तै सामाजिक कृयाकलापमा लागेर समाज सुधार तथा विकास गर्ने प्रतिबद्दताका साथ अघि बढ्ने गिरी गाउँ टोल सुधार समितीका सदस्य जनार्दन गिरीले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here