गौर १३ जेठ ।
रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न स्थानबाट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये गौर नगरपालिकाका ७ जना र राजदेवी नगरपालिकाका १ जना तथा बाँकीको स्पष्ट ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ । उनीहरू अधिकांश देवाही गोनाहीका रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । उहाँका अनुसार संक्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरू नै रहेको पुष्टि भएको छ । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र उनीहरुलाई जिल्लाकै विभिन्न आइसोलेसनमा राखेर उपचार गराउने तयारी भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here