उपेन्द्र गोले
चन्द्रनिगाहपुर,१४ जेठ । रौतहटको चन्द्रपुर—३ गैडाटारमा दैनिक मजदुरी गर्ने मजदुरमाथी प्रहरीले कुटपिट गरेको छ ।
बुधबार बिहान गैडाटारस्थित हाट बजारस्थित अनिल थिङको घरमा मजदुरी गर्दै आएका ८—९ जना कामदारहरु खाजा खादै गरेको अबस्थामा एक्कासी केही नबोली लाठी हानेको उनीहरुले बताएका छन ।
गैडाटारस्थित जनशक्ति माबि मा वाल लगाउने काम समापन भएपश्चात खाजाको ब्यबस्थापन थिङको घरमा गरिएको थियो । ८—९ जनामध्ये २ जना घरको आगनमा र अन्य भने घरभित्रै खाजा खाने तरखरमा जुटेको तर एक्कासी गैडाटार अस्थायी प्रहरी पोष्टका २ जना सिबिलमा आएका प्रहरीले हातपात गरेको कामदार बिजय मोक्तानले तराई एक्स्प्रेसलाइ बताए । लाठीले ३ जनालाई लागेको अरु भने भाग्न सफल भएको र २ जनालाई भने निलडाम समेत बसेको मोक्तानले बताए । स्थानिय मजदुर र प्रहरीबिच झगडाको स्थिति सिर्जना भएको तर गैडाटार अस्थायी पोष्टका असइ हरि घिसिङले साम्य पारेको स्थानियले बताएका तराई एक्स्प्रेसलाइ छन । आफुहरु सबै मजदुरी गरि समुहमा नै बसी खाजा खान खोज्नु गल्ति भएको स्विकार्दै एक्कासी लाठी हान्नु प्रहरीको ज्यादती भएको एक घाइते श्याम बहादुर वाइबाले आरोप लगाए । गैडाटारका सडकमा २ पाङग्रे तथा ४ पाङग्रे गाडी तथा मानिसहरुको भिडभाड जताततै बाक्लो देखिन्छ तर त्यसतर्फ प्रहरीले निगरानी बढाउन सकेको छैन । विभिन्न स्थानबाट निर्बाद रुपमा आवतजावत भैरहेका छन । सबै ब्याबसाय खुलेका छन तर सिमित क्षेत्रभित्र घरमा खाजा खान बसेका मजदुरीमाथी हातपात गर्नु प्रहरी ज्यादती बढेको अर्का घाइते धन बहादुर थोकरले तराई एक्स्प्रेसलाइ बताए । सिबिलमा घुम्वा प्रहरी घुम्दै जादा रक्सि खादै गरेको देखेर प्रहरीले हातपात गरेको स्वीकार्दै आफुले सम्झाइ बुझाइ गरेर मिलाइ सकेको गैडाटार अस्थायी प्रहरी पोष्टका असइ हरि घिसिङले तराई एक्स्प्रेसलाइ बताउनु भएको छ । तर पिडित भने वडा अध्यक्ष गौर बोर्डरमा रहेका स्थानियहरुलाई आफ्नो घरमा ल्याउन गौर जानु भएकाले भोली छलफल गरेर मात्र सो कुराको टङ्गो लाग्ने बताएका छन ।
