सर्लाही,१४ जेठ । जिल्लाको लालबन्दी १६ परवानीपुर, भोर्लेनी खानेपानीको समस्या हुने गरेको छ । केहिदिन देखि खानेपानीको समस्याभइ रहेको स्थानीयले बताएकाछन ।

करिब २ सय घरधुरी रहेको बस्तिमा एकहप्ता देखि धारामा पानी आउन छोडेको स्थानीयहरुले तराई एक्सप्रेसलाई बताए ।
बिहान र साझपख साइकलमा गाग्री झुन्डाएर करिब डेढ किलोमीटर उत्तरमा रहेको श्री सिद्धेश्वर महादेब मन्दिर नजिक रहेको धारामा पालो पर्खिए पानी भर्न लाइनमा बस्नु परेको स्थानीयले जानकारी दिएकाछन् । खानेपानीको उपभोक्ता समितिले सो बिषयमा चासो नलिएका कारण स्थानीयलाई समस्या भएको हाम्रा स्थानीय सहकर्मी राजेश पाठकले बताएकाछन् । जव सुख्खा याम लाग्छ सो स्थानमा खानेपानीको समस्या हुने गरेको भएपनि सम्बन्धीत निकायले त्यस बिषयमा चासो नलिएको लालबन्दीका स्थानीयको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here