काठमाण्डौं १४ जेठ ।
रौतहटकी सांसद समिना हुसेनले प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) बासुदेव घिमिरेले फोन नउठाएको गुनासो गरेकी छिन् । प्रतिनिधि बैठकको शुन्य समयमा सांसद हुसेनले कोरोना संक्रमणको विषयमा जानकारी लिन खोज्दा सिडिओले फोन नउठाएको भन्दै गुनासो गरेकी हुन् ।यता रौतहटमा समेत सिडिओले फोन नउठाउने गगरेको गुनासो समेत बढेको छ । जिल्लामा रहेको २६ वटा क्वारेन्टाइनमध्ये २५ वटा क्वारेन्टाइन अव्यवस्थित भएको सांसद हुसेनले बताइन् । हुसेनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई चिउरा र दालमोठ खुवाइएको बताउँदै यसको व्यवस्थापन कसले गर्ने भन्दै प्रश्न पनि गरिन् । क्वारेन्टाइनमा भौतिक दुरी कायम नभएको उनको भनाइ थियो । शून्य समयमा बोल्दै गर्दा समय सकिए पनि उनको भनाइ सकिएन । माइक बन्द हुँदा समेत उनी बोल्दै थिइन् । सभामुखले समय सकियो मैले काटेको होइन भन्दा संसदमा हाँसो फैलियो । pahilopost बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here