अशोक पहाडी
रौतहट,१४ जेठ ।
जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बस्नेको हरि बिजोक भएको छ । बुधबार थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएसँगै रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०० नाघेको छ ।
भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् । उनीहरुको अवस्था दष्निय रहेको छ ।
अहिले रौतहटमा १८ पालिकाको ३८ क्वारेन्टाइनमा ३ हजार १७४ जना बसेका छन् । सबैभन्दा धेरै राजपुर नगरपालिकामा छन् । ११ क्वारेन्टाइनमा दुई हजारबढी रहेको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन ।
क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा समस्या भएको छ । क्वारेन्टाइनमा दिइने खाना निल्नै नसक्ने हुने गरेको उनीहरुको भनाइ रहेको छ । त्यसैले घरबाटै खाजा र खाना मगाएर खाने गरेको छु’ राजदेवी नगरपालिकाको नेमधारी वासुदेव क्वारेन्टाइनमा रहेका एक युवकले भने । त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुईमा सुत्नुपर्छ । उनकाअनुसार कोही विद्यालयको बरण्डा, र कोही चौरीमै नै सुत्ने गरेको छन् । विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको सबै भन्दा बढी समस्या रहेको उनले बताए । १४० जनाका लागि एकमात्र धारा छ भने शौचालय पनि कम छ । सेनेटाइजर र साबुन घरबाटै मगाउनु परेको उनले बताए ।
राजदेवी नगरपालिकाको मात्रै होइन, रौतहटका अधिकांश क्वारेन्टाइनको अवस्था नाजुक रहेको छ । जुद्ध उच्च माविमा रहेको क्वारेन्टाइनमा खाना र अन्य सामान पु¥याउनेहरु क्वारेन्टाइनभित्रै पसेर भेटघाट, कुराकानी गर्ने गरेको पाइएको गौरका स्थानीय पत्रकार प्रेमचन्द्र झाले बताए ।
क्वारेन्टाइन स्थलबाट समुदायमा समेत कोरोना संक्रमण फैलिने खतरा बढेको पत्रकार झाको भनाइ छ । राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले भने ‘बैरियाको एउटै क्वारेन्टाइनमा भारतबाट फर्किएका ५१० जना छन् । सबै क्वारेन्टाइनमा बस्नेको संख्या जोडदा दुई हजारसम्म पुग्छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरले सिमित श्रोत साधन भएको नगरपालिकाले यो चाप थेग्न सक्दैन । हामी नसक्ने अवस्थामा छौं, जिल्ला विपत व्यवस्थापन समिति, प्रदेश र केन्द्रले पनि सहयोग गर्नुपर्छ ।
गौरबाट पत्रकार गौतम श्रेष्ठको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here