काठमाण्डौं १४ जेठ ।
संविधान संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा संविधान संशोधनसम्बन्धी विधेयक प्रेस गर्ने उल्लेख गरिएको थियो । आजको कार्यसूचीबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक हटाइएको सभामुख अग्निप्रसाद सापकोटाको सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने उल्लेख गरिएको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सकारात्मक देखिए पनि मधेसवादी दलले भने प्याकेजमा संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । शिलापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here