काठमाण्डौं, १५ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष ९आव ०७७–७८० को बजेटमा २६ लाख जनशक्तिलाई रोजगारी सिर्जना गर्ने र कृषि उत्पादन बढाउने योजनासहितका कार्यक्रम ल्याउने भएको छ । सरकारले कृषियोग्य भूमिमा सिँचाइ पूर्वाधारको विकास र विस्तारलाई विशेष प्राथमिकता दिने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको योजनाअनुसार कोरोनाका कारण विदेशबाट रोजगारी कटौती भई नेपाल फर्किने करिब ११ लाख, देशभित्रै रोजगारी गुमाउने १० लाख र श्रम बजारमा प्रत्येक वर्ष थप हुने ५ लाख गरी करिब २६ लाख जनशक्तिलाई कृषिमा रोजगारी सिर्जना गर्ने लक्ष्यको बजेट आउन लागेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here