रौतहट,१५ जेष्ठ । समयमै क्वारेन्टाईन निर्माणमा चन्द्रपुर नगरपालिका नजुटेका कारण भारत बाट घर आएका ४३ जना स्थानीयको कन्तबिजोग भएको छ ।
भारतको बिभिन्न शहर बाट मजदुरी गरेर आफनो घर चन्द्रपुर नगरपालिका–३ आएका ४३ जना हिजो देखि खुल्ला आकाशमा बस्न बाध्य भएका छन । उनीहरु लाई नत गास छ नत बास छ उल्टै परिबर्तित गर्मी मौसम, हावाहुरी र बर्षाले रोग र शोकमा पर्न सक्ने स्थिती रहेको छ । घर परिबार संग भेट नगरि बसेका उनीहरु आफनो स्वास्थ्य संग सम्बेदनशिल रहेका छन । हिजो देखि खुल्ला आकाश मुनी बस्न बाध्य रहेका उनीहरुको अबस्था यतिखेर कन्तबिजोग रहेको छ । चन्द्रपुर नगरपालिका–६ स्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृती खेलमैदानमा रहेको एन्फा एकेडमी लाई चन्द्रपुर, गुजरा, बृन्दाबन र गडिमाई नगरपालिकाले यस अघि बनाएको क्वारेन्टाईन लाई आईसोलेसनमा परिणत गरेपछि चन्द्रपुर नगरपालिले क्वारेन्टाईन निर्माणमा ढिलाई गर्दा उनीहरु अलपत्र परेका हुन । रोजगारी वा अन्य काम गरेर भारत वा तेस्रो मुलुक बाट फर्केर आफनो घर आउने नागरिकको स्वास्थ्य परिक्षण नहुदा सम्म सम्बन्धित नगरपालिकाले क्वारेन्टाईमा राख्नु पर्ने हो तर चन्द्रपुर नगरपालिकाले त्यसो गर्न नसक्दा आफना नागरिक भोकै खुल्ला आकाश मुनि बस्न बाध्य भएका हुन । क्वारेन्टाईन बाहिरनै उनीहरु बसेपछि वरपरका स्थानीय भने त्रासमा रहेका छन । अलपत्रमा परेका उनीहरु नत घरजान पाएका छन नत ब्यबस्थित क्वारेन्टाईनमानै बस्न पाएका छन । भारत बाट रौतहट घर फर्किनेको संख्या दिनानुदिन बढदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here