ओम प्रकाश यादव, १५ जेठ । रौतहटको कटहरिया नगरपालिका १ बडेर्वामा निर्माण भइरहेको श्री राम जानकी मठको भवनको निर्माण कार्य रोकिएको छ । सो भवनमा गुणस्तरहीन सामग्रि प्रयोग गरिएको पाइएपछि तत्कालको लागि उक्त निर्माण कार्य रोकिएको हो । मन्दिरको भवनमा गुणस्तरहीन सामग्रि प्रयोग भएको व्यापक गुनासो आएपछि नगरपालिकाकी उप प्रमुख नुरजहाँ खातुन, प्रमुख प्रशासकीय अधिकृत श्याम सिन्हा, इन्जीनीयर राम नरेश यादव, राम प्रवेस साह सहितका टोली केहि दिन अघि अनुगमण निरीक्षण गर्न बडेर्वा पुगेका थिए ।

सो टोलीले पनि अनुगमणको क्रममा भवनमा स्टीमेट अनुसार काम नभएको, गुणस्तरहीन सामग्रि प्रयोग गरिएको देखेपछि हाललाई निर्माण कार्य बन्द गर्न निर्देशन दिएपछि अहिले उक्त कार्य रोकिएको हो । अनुगमणको क्रममा स्टीमेट अनुसार काम नभएको पाइएपछि तत्काल काम बन्द गर्न निर्देशन दिईएको मेयर सियाराम कुश्वाहाले बताएका छन । कटहरिया नगरपालिकाको १० लाख भन्दा बढीको लागतमा निर्माण भइरहेको उक्त मन्दिरको भवनमा गुणस्तरहीन सामग्रि प्रयोग गरिएको भन्दै स्थानीयहरुले कडा विरोध गरेका छन ।

स्थानीय नरेश तुरहा अध्यक्ष रहेको उपभोक्ता समिति मार्फत सो मन्दिरको निर्माण कार्य भइरहेको थियो । कमसल सामग्रि प्रयोग गरिएकै कारण उक्त मन्दिरको कयौ पिलरमा चिरा चिरा परेको छ भने केहि पिलरको सिमेन्ट समेत झर्न थालेको छ जस्का कारण पिलर भित्रको छड अहिले नै देखाई दिन थालेको छ । त्यस्तै स्थानीयहरुका अनुसार बाहिरको पिलरमा ६ वटा छड हुनुपर्ने छ तर ४ वटा मात्रै लगाईएको पाइएको छ । बाहिरको पिलरमा ४ वटा छड मात्रै प्रयोग हुनु र कमसल सामग्रिको प्रयोग हुनुले उक्त मन्दिर बढिदिन सम्म टिक्न नसक्ने भन्दै स्थानीयहरुले कडा विरोध गरेपछि अहिले निर्माण कार्य रोकिएको छ ।

निर्माण कार्य हुँदै गर्दा पिलरमा चिरा पर्नु र भत्किनुले गुणस्तरहीन सामग्रि प्रयोग भएको स्थानीय गणिलाल यादवले बताएका छन । स्टीमेट अनुसार काम भए नभएको बुझनलाई उपभोक्ता समितिका अध्यक्ष नरेश तुरहासँग स्टीमेट माग्दा नदिएको यादवले बताए । स्टीमेट नदेखाए र ठोस काम नगरे काम अगाडि बढन नदिने स्थानीयहरुले चेतावनी दिएका छन । यस सम्बन्धमा उपभोक्ता समितिका अध्यक्ष नरेश तुरहासँग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here