जनकपुर, १५ जेठ ।
प्रदेश—२ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु (काठमाडौँ) र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा थप ७६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमितको पछिल्लो तथ्यांकअनुसार धनुषामा २९ जनासहित प्रदेश नं २ मा मात्र ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश—२ को आधिकारिक मीडिया ब्रिफिंग समूहले तथ्यांक सार्वजनिक गरेको हो । प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लामा मात्रै २९ जना नयाँ संक्रमित फेला परेका छन् भने महोत्तरीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा नयाँ संक्रमण रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here