गौर, १५ जेठ ।
रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको छ । बिहीवार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या रौतहटमा ११० पुगेको हो । रौतहटका सीडीओ बाशुदेव घिमिरेका अनुसार जिल्लाको राजदेवी नगरपालिकाका २१,२४ र ३० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । रौतहटका १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना भाईरस संक्रमित पुष्टि भैइसकेको छ ।