उपेन्द्र गोले , तामाङ

पुर्वी क्षितिजबाट सुर्यको आगमनसंगै दिनको शुरुवात हुन्छ । अनि विभिन्न क्र्रियाकलापमा तल्लिन हुन्छन मानिसहरु । ति क्रियाकलापको एक अंशको रुपमा विश्वका विभिन्न राष्ट्रहरुका नागरिकहरु सुन्दर नेपालको भ्रमणको लागी आउने गरेका छन । नेपालमा रहेका पार्कहरु , मठमन्दिरहरु , हिमाल , पहाड , तराईमा रहेका विभिन्न पर्यटकिय स्थलहरुमा भरि भराउने देखिन्थे तर आज ति स्थलहरु सुनसान देखिएका छन । दैनिक हजारौ पर्यटकहरुको आगमन हुने अन्र्तराष्ट्रिय विमान स्थल समेत अहिले सुनसान भएको छ । यति बेला मुलुक दुखमा परेको छ । आफ्नो परिवारको भविष्य निर्माणको लागी बैदेशिक रोजगारीमा जानेहरु आफ्नै मातृभुमीमा मर्न पाउ भन्दै हारगुहार गरिरहेका छन ।

सर्वसाधरण भोकले छटपटिरहेका छन । ब्यापारीहरु बैक , बित्तिय संस्था , सहकारी तथा आम नागरिक साहुको ऋणले पोलीरहेको छ । अधिकांस नेपाली जनताहरुका सम्पुर्ण ब्यावसााय , कारोबार डामोडोल भइरहेको छ । मुलुक आर्थिक संकटको सामना गर्ने असमर्थक हुने परिस्थिति सिर्जना हुने निश्चित भएको छ । तर यति बेला राजनितिक दलका नेता कार्यकर्ता तथा तिनै तहका सरकारहरुलाई भने बडा दशै आएको छ । जनता भोकै मर्ने बेला भइसकेको छ । रोेजगाारी छैन , एक कौडी पैसा छैन , एक गेडा चामल छैन । तर नेता कार्यकर्ता तथा स्थानिय सरकार चिल्ला गाडीहरुमा हुइकिदै भोज गर्दै रमाई रहेका छन । राहतको नाममा लाखौ कमाएका छन । हिजो यस्तै दुख पिडा पर्दा जनतासंग हातीमालो गर्दै संगसंगै बस्ने अनि सुखदुखको सारथी बन्ने प्रण गरेका ति क्षणहरु पैसाको मुठोसंगै विर्सिएका छन । लकडाउनको मौका छोपी जनप्रतिनिधिहरु नै सिकार अनि तस्करी गर्नमा ब्यस्त भएका छन ।

जनताले दिएको अधिकारको दुरुपयोग गरिरहेका छन । मुलुक संकटमा परेको बेला मुलुकको अस्तित्व जोगाई राख्नु पर्ने यो परिस्थितिमा लुटेराहरुले लुटिरहेका छन तर विवस छन नेपाली जनता आफैले सत्तामा पठाएकाहरुबाटै लुटतन्त्रको मौनताका साथ दर्शक बाहेक केही बन्न नसक्दाको पिडा अनि दर्दनाक क्षणलाई सम्हाल्न समेत कठिन भैरहेको छ । आफ्नै लाखौ लगानीमा ब्यापार ब्याबसाय गरेकाहरु आज रोइ रहेका छन । किसानहरुले मल पाएका छैनन । बिउबिजन पाएका छैनन । गास बास कपासको ब्यबस्थापन गर्न कुनै काम गर्न पाएका छैनन तर तिनै तहका राजाहरु भने खुल्याम मनलाग्दी भोज गर्दै विभिन्न स्थानमा गइरहेका छन । आज संसार बदल्छु भन्नेहरु आफ्नै संसार बनाउदै छन । धनी अनि पहुजवालाहरुले लाखौ कमाउदै छन तर गरिव दुःखि जनता भने चपेटामा परेका छन । जनप्रतिनिधिदेखि कर्मचाररिहरु कमाउ धन्दामा लागेका छन । सोझासाझा जनताको घरको पिडा थपिदै गएको छ । बिहान बेलुकी काम नगरी छाक टार्न नसक्नेहरु आज मर्ने अबस्था सिर्जना भएको छ । खै कता गए यति बेला ति नेता अनि कार्यकर्ताहरु । जसले गरिबलाई ठुला ठुला सपना देख्न सिकाएका थिए । आज ति सपनाहरु उनीहरुको त्यो कर्तुतले बगाएको छ । जीवन मरनको दोसाझमा छटपटिरहेका छन । राज्यले प्रत्युभुति हुने गरि कुनै योजना पनि ल्याउन सकेको छैन । धनी महलमा रमाउदै छन गरिब घाम ताप्दै अनि पानीमा रुझ्दै जीउन बाध्य भएका छन । खै कहिले यस्ता नागरिकहरुले सुखका श्वास फेर्न पाउने हुन । मलाई हेर्न मन लागेको छ । तर यो जुनीमा त हेर्न पाउदिन होला पक्कै मेरा छोरा नाती अनि पलातीहरुले त्यो दिनको दर्शक बन्न सक्ने वाताबरण सिर्जना गर्ने एउटा ठुलो धोको छ । म त्यो बाटो कोर्न चाहान्छु जसले सम्पुर्ण नेपालीहरुले एक दिन सामाजवाद हुदै साम्यवादको जयजयकार गर्न पाउने छन ।

जबसम्म यो मुलुकमा राष्ट्रवादको नाममा पुजीवादी संस्कारले मान्यता पाउछ तबसम्म जनताले कहिल्यै सुखका श्वास फेर्न पाउने छैन भन्नेमा म विश्वश्त छु । त्यसैले आम नागरिकले त्यो ब्यबस्था स्थापनाका लागी एक पटक फेरी क्रान्ति गर्नु पर्ने दिन नआउला भन्न सकिन्न । विभिन्न जनबर्गिय संगठनहरुले क्रान्तिका आगो नबालेका भने होइनन तर ति सबै क्रान्ति उनीहरु कै योजनामा गरिएका थिए जुन आज राज्यको मुलधारमा राजनिति गरिरहेका छन । उनीहरु कदापी गरिबको सारथी बन्न सक्ने छैनन किनकी पुजीवादीका खोल ओढ्नेहरुले कहिल्यै तल्लो स्तरका नागरिकका प्रतिनिधित्व गर्नै सक्दैनन । अबको क्रान्तिले गरिब निमुखा जनताको पक्षमा फैसला गर्न सकोस यानिकी पुन ः पुजिबादी बिचारधारका ब्यक्तिमा निर्भर हुन नपाओस । सम्पुर्ण नागरिकको प्रतिनिधित्व हुन सक्ने ब्यबस्थाको लागी एक पटक आम नागरिक एकजुट होऔ । मेरो होइन हाम्रो भन्ने भावनाको विकास गरौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here