जनकपुर १६ जेठ ।
ठूलो परिमाणमा मदिरा सहित जनकपुरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ना.२ ख ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी गोदाममा राख्दै गरेको अवस्थामा वडा नं. ७ स्थित माछा बजार नजिकबाट मदिरा लोड लोड गरिएको ट्रक सहित वडा नम्बर ४ बस्ने महेश्वर मण्डलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लकडाउनमा सरकारले मदिराजन्य पदार्थको ओसारपसार तथा विक्री बितरणमा प्रतिबन्ध लगाएको अवस्थामा १२ लाख बढी मूल्य बराबरको मदिरा सहित प्रहरीले मदिरा मगाउने मण्डलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार उक्त ट्रकबाट करिब ११ लाख ५० हजार मूल्य बराबरको दिलबाला, ३० हजार मूल्य बराबरको हाईलाईण्डर, ३२ हजार मूल्य बराबरको गोल्डेण सहारा र १० हजार मूल्य बराबरको व्लु रागर मदिरा नियन्त्रणमा लिई कार्वाहीकालागि जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here