Gaur Hospital being operated by Health Assistant and Assistant Health Assistant after the contracts of three doctors expired, in Rautahat, on Thursday. Photo: THT

गौर १७ जेठ ।
रौतहटका एक जना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । एम्बुलेन्सबाट हिजो राति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । राजपुर–९ बैरियाका ४० वर्षे पुरुषलाई राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डबाट थप उपचारका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले जानकारी गराए । एक साताअघि भारतबाट गाउँ आएका उनलाई क्वारेन्टाइनमा राखिएकोमा कोरोना पुष्टि भएपछि राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डको छुटै कोठामा राखिएको थियो । संक्रमित मधुमेहका रोगी हुन् । ’साँझ अचानक उनको हातखुटा झमझमाउन थाल्यो, स्वासप्रस्वासमा पनि समस्या देखिएको र बेचैनी बढेपछि शुरुमा वीरगंज लगिने योजना थियो तर वीरगंजका चिकित्सकहरुले काठमाडौं लैजान सुझाएपछि पठाइएको हो,’ साहले भने। नेपालमा अहिलेसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ मा एक जनाको मृत्यु भएको छ । बारा, करैयामाई गापा ७ का ७० वर्षीय वृद्धको गत जेठ ४ गते उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई निमोनिया लागेको चिकित्सकहरुले बताएका थिए। तर उनको शव जलाइसकेको ९ दिनपछि उनको रिपोर्ट पोजेटिभ देखिएको थियो । pahilopost बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here