अशोक पहाडी
रौतहट,१७ जेठ । प्रहरी माथि आक्रमण गरेको आरोपमा रौतहटमा एकजना वडा अध्यक्ष पक्राउ परेकाछन् । प्रहरी माथि आक्रमणको आरोपमा गुजरा नगरपालिका वडानं ४ का वडा अध्यक्ष पवनराज गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको विभिन्न सहर बाट गुजरा आएका ७८ जनालाई उपमेयर रौषन खातुन शेखले सिम्राभवानिपुर क्वारेन्टाइनमा लैजान खोज्दा वडा अध्यक्ष गिरिले माबी कनकपुरमा लग्नु पर्छ भनी अडान गरेपछि शुक्रबार सांझ बिवाद सुरु भएको थियोे ।
बिहिवार सांझ आएका उनिहरुलाई शुक्रबार सांझ सिम्राभवानिपुर स्थित क्वारेन्टाइनमा लग्ने क्रममा उपमेयर शेख र वडा अध्यक्ष गिरि बिच भनाभन भएको स्थानीय शेख बदरुदिनले बताए । लगत्तै प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिसोर साहको कमान्डमा प्रहरी टोलि घटनास्थल पुगेको थियोे । प्रहरीले भिड नगर्न र सिम्राभवानिपुर क्वारेन्टाइनमा बाहिर बाट आएकालाई लैजान भनेपछि वडा अध्यक्ष पवनराज गिरि पक्षका मानिसहरुले प्रहरी टोलि माथि ढुङ्गा मुढा सुरुगरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । आक्रमणमा ईन्स्पेक्टर साहको देब्रे हातमा चोट लागेको र मोबाइल समेत फुटेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन ।