गौर,१८ जेठ । बनेको एक बर्ष नबित्दै सडक भत्कदा समेत सम्बन्धीत निकायले ठेकेदारलाई कार्वाही गर्न सकेको छैन । रौतहटको मध्यभाग झाँझपुलदेखी कटहरिया सडक खण्डको कालोपत्रे एकवर्ष नबित्दै ग्राभेलमा परिणत भएको छ । उक्त सडकखण्डको फतेपुरदेखी कटहरिया बजार सम्मको दर्जनौ स्थानमा कालोपत्रे उप्किएर बाटोमा दैनिक दुुर्घटना भइरहेको स्थानीयले तराई एक्सप्रेसलाई बताए ।
बाटो निर्माणको ठेक्का लिएको कन्काई निर्माण सेवाले गुुणस्तरहिन काम गरेकाले एकवर्ष भित्रै कालोपत्रे बाटो ग्राभेलमा रुपान्तरण भएको हो । बाटो फुटेर ठाँउ ठाँउमा दुुईदेखी तीन फिट सम्मको खाडल बनेका कारण दैनिक दुुर्घटना भइरहेको हो । झण्डै ८ करोडको हाराहारीमा ठेक्का पाएको कन्काई निर्माण सेवाले उक्त सडकको निर्माण सुुरु गर्दा गुुणस्तरहिन काम भइरहेको भन्दै स्थानीय युवाहरुले महिना दिनभन्दा बढी समय अवरुद्ध गरेका थिए । पछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका तत्कालीन इन्जिनियर श्यामनारायण मिश्रले युुवाहरुलाई सम्झाई बुुझाई सडक निर्माणको काम सुुरु गराएका थिए ।
उक्त सडक निर्माणमा ग्राभेल राम्ररी नपेलेको र कालोपत्रे पिच पनि कमजोर राखेकाले एकवर्ष भित्रै ठाँउ–ठाँउमा फुटेर खाल्टो बनेको युवा संघका केन्द्रिय सदस्य राकेश गिरीले दाबी गरे । सडक डिविजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहले निर्माणको काम राम्रो नभएकै कारण ठेकेदार कम्पनीको धरौटी रोकेर राखेको बताएका छन् ।
उनले उक्त सडकखण्डको खाडल भएको स्थानमा तत्काल ग्राभलले पुरेर बाटो बनाउन र लकडाउन खुकुुलो हुनासाथ फुुटेको स्थानमा कालोपत्रे गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइसकेको जानकारी दिए । गौर–चन्द्रपुर सडकखण्ड बाहेक रौतहटका अधिकांश स्थानमा निर्माण भएको कालोपत्रे कमजोर भएका कारण बर्ष दिनभित्रै फुटने गरेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here