गौर,२० जेठ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेको संकटपुर्ण अवस्थामा सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सबैको संयमित, अनुशासित एवं एकताबद्ध जिम्मेवारीले अहिलेको महासंकटमाथि बिजयी प्राप्त गर्न सकिने जनाएका छन् ।
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अहिलेको संकटपुर्ण अवस्थामा पक्ष वा विपक्षीको मानसिकताबाट माथि उठेर सहकार्य गर्दै अगाडी बढनुपर्ने समय रहेको नेता साहले जनाएका छन् ।
यो संकटको समयमा पक्ष–विपक्षको मानसिकताबाट माथी उठेर आफुले गरिरहेको कार्यको के कस्तो प्रभाव पर्न सक्छ ?
भने समेतको आकलन गरेर मात्र बिरोध वा समर्थन गर्न जरुरी छ साहले भने, आकस्मिक रूपमा पैदा भएको अहिलेको यो महासंकटमा सबै संयमित, अनुशासित एवं एकताबद्ध भई जिम्मेवारपूर्ण ढंगले अघि बढ्न तथा यस महाविपत्तिमाथि विजय प्राप्त गर्न हार्दिक अनुरोध गर्दछु । पुर्व मन्त्री तथा सांसद रहेका नेकपा नेता साहले कोरोना संक्रमण रोकथाम र नियंत्रणको लागि लकडाउन मार्फत सामाजिक दूरी कायम गर्ने र कोरेन्टाईन मार्फत बिरामी पहिचान गर्ने जस्ता उपाय अहिलेसम्मको सबैभन्दा उपयुक्त उपाय देखीएकोले कोरेनटाईन निर्माण बिश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड बमोजिमको भरपर्दो एवं व्यवस्थित हुनुपर्ने बताएका छन् ।
नेपाल सहित बिश्वमै अकास्मिक रुपमा आएको कोरोनाको नियन्त्रण एवं सामना गर्न बिकाशोन्मुख देश र ग्रामिण क्षेत्रका लागि चुनौती बनेको उनको ठहर छ ।
बलियो पूर्वाधारहरुको कमी हामी जस्तो विकाशोन्मुख देश र त्यसमा पनि मुख्यतः ग्रामीण क्षेत्रहरुका लागी तुलनात्मक रुपमा थप कष्टकार एवं चुनौतीपूर्ण हुनु स्वभाविक छ साहले भने, त्यसका बाबजूद पनि अहिलेको संवेदनशील समयमा विभिन्न अभाव, दबाव र जटिलताहरुका बिच स्थानीय तहहरुले स्थानीय स्तरमा उपलब्ध साधनस्रोत, जनशक्ति र भौतिक पूर्वाधारहरूको उच्चतम सदुउपयोग गरिएको छ ।
अध्ययन–अध्यापनको लागी निर्माण गरिएका मुख्यतः सरकारी र सार्वजनिक विद्यालयहरुको भवनलाई तत्काल आवासीय भवनमा रुपान्तरण गरी युद्ध स्तरमा कोरेनटाईनहरु निर्माण गर्दै सञ्चालनमा ल्याइएको उनले जनाएका छन् । यि कार्य आफैंमा पनि प्रशंशनीय भए पनि केहि मौकापरस्त, पूर्वाग्रही तथा गैरजिम्मेवार व्यक्तिहरु बिषयको गम्भीरतालाई नबुझेर भ्रमपूर्ण प्रचारमा उद्धत रहेको उनले जनाएका छन् । अहिलेको यस महासंकटको घडीमा समेत कोरेनटाईनलाई सुविधासम्पन्न होटल तथा आधुनिक अस्पतालसंग तुलना गर्दै कोरेनटाईन भित्र तथा बाहिर रहेका आम सर्वसाधारण मानिसहरूलाई भड्काउने तथा समाजमा विद्वेष र आरजकता फैलाउने कार्यमा समेत केही व्यक्ति लागेको प्रति उनले गम्भीर आपत्ति जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here