कटहरिया,२० जेठ / रौतहटको फतुवा बिजयपुर नगरपालिकाका एकजना वडा अध्यक्षले करको नाउमा दैनिक अबैधरुपमा हजारौं रुपैया असुुली रहेको स्थानीयले बताएकाछन छन ।
नगरपालिकाद्धारा बिना टेण्डर बिना निर्णय मनपरी ढंगले वडा ७ का अध्यक्ष सुुर्यनारायण खा थारुले बिना अधिकार लालबकैया नदीको बालुवामा कर असुुली गरीरहेको स्थानीयको दाबी छ ।
अध्यक्ष थारुले बिना अधिकार नदीको बालुवामा करको नाउमा दैनिक हजारौं रुपैया अबैध असुुली गर्न सुुरुगरेपछी बिरोध हुन सुुरु भएको छ ।गत १६ गते वडा नम्बर ७ को वडा समितिको बैठकको निर्णय अनुसार भन्दै बालुवा बापत प्रति टायर र प्रति ट्रयाक्टरको दर निर्धारण गर्न एकजना वडा सदस्य रामकैलास ठाकुुरलाई वडा अध्यक्ष थारुले जिम्मा दिएका छन ।
प्रति ट्रयाक्टर बालुवा चारसय र प्रति टायर बालुवा उठाएबापत दुुईसय रुपैया असुुली गरीरहेको सेवाग्रहीहरुले बताएका छन ।
वडा अध्यक्ष थारुले पा“च ५ जना मानिस राखेर लालबकैया नदीको गम्हरिया घाट बाट करको नाउमा दैनिक हजारौ रुपैया अबैधरुपमा असुुली गरीरहेको स्थानिय समाजसेवी बिधानन्द यादवले गुनासो गरेका छन ।
फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले कुनै पनी नदिजन्य पदार्थको कर उठाउन ठेण्डर हुनुु पर्दछ नभए अमानतमा उठाउन नगर कार्यपालिकाको निर्णय हुनुपर्ने बताए ।
वडा अध्यक्ष सुुर्यनारायण खा“ थारुले उठाउन लगाएको कर अबैध रहेकाले तत्काल रोक्ने मेयर यालवले प्रतिवद्धता जनाएका छन ।
चौतर्फी गुनासो आएपछी प्रतिकृयाको लागी वडा अध्यक्ष सुुर्यनारायण खा थारु संग कुरोगर्दा आफुुले नम्बरी खेत भएका किसानले उक्त रकम करको रुपमा लिन निर्णय गरेको बताए ।
निर्णयको प्रतिलिपी तराई एक्सप्रेससंग रहेको जिकिर गर्दा अध्यक्ष थारु केही नबोलेर मोबाईल फोन काटेका थिय । वडा अध्यक्ष थारु समाजबादी पार्टीको टिकटबाट निर्वाचित भएका थिए ।