चन्द्रपुर,२० जेठ । कोरोनाको संक्रमणसंगै सरकारले जारी गरेको लकडाउनका कारण सबैभन्दा मारमा रौतहटको चन्द्रनिगाहपुरका होटल ब्यवसायी परेकाछन् । करिब दुई महिना देखीको बन्दका कारण होटलका ढोका खुल्न सकेका छैनन् ।
लकडाउनका कारण देश ठप्प रहेको छ । यसको प्रत्यक्ष मारमा रौतहटका होटल व्यावसायी पनि परेका छन् ।
लकडाउन लम्बिएसंगै अन्य क्षेत्र, होटल व्यवसायी र उद्योगीहरु बढि मारमा परेका छन् ।
लकडाउनकै कारण होटल व्यवसायी प्रत्यक्ष मारमा परेको चन्द्रनिगाहपुरको होटल आरोहीका संचालक अरुण लामाले तराई एक्सप्रेसलाई बताए । उनका अनुसार लकडाउन लम्बिएकाले होटल बन्द भएसंगै अधिकांश व्यवसायीहरु मारमा परेकाछन् ।
होटलमा काम गर्ने कामदारलाई तलब खुवाउने अवस्था नभएको लामाको भनाइ रहेको छ । होटलमा ठुलो लगानी गरेको तर लकडाउनले झन समस्यामा पारेको चन्द्रनिगाहपुरमा रहेको हिमालयन होटलका संचालक सुरेन्द्र साहको भनाइ रहेको छ । चन्द्रनिगाहपुर सहित जिल्लाको प्रमुख ब्यापारीक केन्द्रमा रहेका होटल पनि लकडाउनको मारमा परेको रौतहट होटल ब्यावसायी संघका अध्यक्ष देबेन्द्र अर्यालले तराई एक्सप्रेसलाई बताए ।
जिल्लामा रहेका अधिकांस होटल भाडाकै घरमा रहेका छन् ।
न्युनतम १० हजारदेखि मासिक भाडा तिरेर अधिकांश होटल सञ्चालन भइरहेका हुन् । तर लामो लकडाउनले घाटा व्यवहोरेका व्यवसायी, घरभाडामा बस्नेहरु भाडा छुटको अपेक्षा गरिरहेका छन् ।
सम्बन्धीत निकायले त्यस तर्फ ध्यान दिनुपर्ने भाडामा होटल संचालन गरिरहेकाहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here