चन्द्रनिगाहपुर,२० जेठ ।
रौतहट जिल्लाका १६ जना जमातीलाई भारत दिल्ली पुलिसले नेपाल आउन नदिएको गुनासो आएको छ । उनीहरुलाई दिल्ली प्रहरीले कोरोना फैल्याएको आरोपमा मुद्धा समेत चलाएको बताइएको छ ।
सप्तरीमा भएको मुस्लीम भेलाबाट जमातीमा दिल्ली गएका रौतहटका १६ जनालाई सबै प्रक्रिया पु¥याउदा समेत दिल्ली पुलिसले नेपाल फर्कन नदिएको परिवारका सदस्यहरुले बताएकाछन् ।
भारत सरकारको नियम अनुसार क्वारेन्टाइनमा बसेर सबै चेकजाच भई सक्दा समेत नेपाल फर्कन नदिएको दिल्लीमा रहेकाहरुको परिवाले जानकारी दिएको छ । बृन्दावन नगरपालिका ९ भुसाहाका पुर्व उपप्रधानपन्च रही सकेका बृद्ध तैयव खान सहित जिल्लाका १६ जनालाई दिल्ली प्रहरीले नेपाल आउन नदिएर अज्ञात स्थलमा लगर राखेको उनका भाई जाहिर खानले बताए । क्वारेन्टाइनबाट अर्कौ स्थानमा लगेर राखेपछि उनीहरुलाई परिवारसंग समेत सम्पर्क गर्न नदिएको बताईएको छ ।
पछिल्लो समय लिपुलेकको कुरा आएपछि उनीहरुलाई थप दुख दिने गरेको दिल्लीबाट भुसाहकै शेख जुवयरले फोनमा जानकारी दिएको स्थानीयले तराई एक्सप्रेसलाई बताएकाछन् । रौतहटबाट करिब २ महिना पहिला दिल्ली पुगेका रौतहटका १६ जना जमातीको बिषयमा परिवारका सदस्यले भारतमा रहेको नेपाली दुतावासमा समेत पटक पटक सम्पर्क गरेको भएपनि पछिल्लो समय दुतावासका कर्मचारीले दिल्ली प्रहरीले आफ्नो कुरा नसुनेको भन्दै पन्छने गरेको जाहिर खानले तराई एक्सप्रेसलाई बताए । सो बिषयमा आफुहरुले नेपाल मस्लीम आयोगका अध्यक्ष समिम मिया अन्सरी संग समेत कुरा गरेको भएपनि कतैबाट केही उपाय नलागेको स्थानीयको भनाइ रहेको छ । उनीहरुलाई नेपाल फर्काउन नेपाल सरकारले चासो दिनुपर्ने भुसाहाका स्थानीय युवा परबेज आलमले तराई एक्सप्रेसलाई बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here