अशोक पहाडी
रौतहट,२१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाको एक गाउबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ ।
चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षिय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो । शंका स्पद अवस्थामा लास जलाउन लागेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरादम गरेको डिएसपी हेमबशादुर शाहीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
मृतक महिलाका श्रीमान मुकेश पंडित लाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको सुचनाका प्रहरीमा दिएपछि प्रहरीले जालाउन लागेको शव ल्याएर चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले तराई एक्सप्रेसलाई बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here