गरुडा,२१ जेठ / रौतहटमा पानी ट्यांकी निर्माणको विषयलाई लिएर दुईपक्ष बीच झडप भएको छ । मंगलबार बिहान जिल्लाको माधव नारायण नगरपालिका वडा नम्वर(३ सखुअवामा रहेको सखुअवामा पानी ट्यांकी निर्माणको विषयलाई लिएर दुई पक्ष बीच झडप हुदा एक जना घाइते भएका छन । झडपमा परि स्थानीय शंकर राय यादवको हात भाच्यिको र उनलाई उपाचारको लागि भरतपुर पठाएको स्थानीय बासिन्दा जय नारायण यादवले जानकारी दिएका छन । यादवका अनुसार वडा नम्वर(३ को वडा अध्यक्ष राज कुमार यादवले स्थानीयसंग सल्लाह नै नगरी करिब २ बिघा क्षेत्रफलमा पुस्तौ पुस्तादेखी आवादी रहेको सखुअट भन्ने ठाउमा मनोमानी तरिकाले पानी ट्यांकी निर्माण गर्न खोजेकोले स्थानीयले बिरोध गर्दा झडप भएको हो । सो ठाउमा नभई अन्यत्र पानी ट्यांकी निर्माण गर्नुपर्ने भन्दै स्थानीयहरुले विरोध गरेपछि वडा अध्यक्ष यादव पक्षकाले सोही स्थानमा पानी ट्यांकी निर्माण गर्ने अडान लिएपछि दुई पक्षमा झडप भएको बुझिएको हो ।
३५ थान सालको रुख र मसला लगायतका अरु अन्य प्रजातिका रुख समेत रहेको सो स्थानलाई जंगल जस्तै संरक्षण गर्न स्थानीय स्तरबाट आवाज उठिरहेको बेला वडा अध्यक्ष यादवले रुखहरू नै सखाप पार्ने मनसायले सो स्थानमा पानी ट्यांकी निर्माण गर्न लागेको अर्का स्थानीय बासिन्दा जयराम यादवले बताए । हामी विकासको कामको बाधक नभएको र पानी ट्यांकी निर्माण अहिलेको स्थान भन्दा अन्यत्र स्थानमा निर्माण गर्दा राम्रो हुने हामी स्थानीयबासीको भनाई रहेको छ । यता वडा अध्यक्ष राज कुमार यादवले विपक्षीको आरोप अस्विकार गर्दै आफुले सबै वडाबासीको सहमतीमा नै पानी ट्यांकी निर्माण गर्न लागेको र यहा विकास बिरोधी तथा गरीब जनताको हित नचाहने २÷४ जना उच्शृंखल तत्वले पानी ट्यांकी निर्माण कार्यलाई अवरोध पुर्याउन खोजेको उनले बताएका हुन ।प्रदेश नम्वर(२ प्रदेश सरकारको आर्थिक सहयोगमा २९ लाखको लागतमा निर्माण हुन लागेको पानी ट्यांकीको गत शनिवार मात्रै प्रदेश नम्वर २ की भौतिक योजना राज्यमन्त्री डिम्पल झा र जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अनिल झाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here