चन्द्रनिगाहपुर,२१ जेठ / पुरानो मंगलपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ना चन्द्रपुर १ बागमतीले कोरोनाको महांमारीका बेला १० हजार लिटर सम्म पानी उपभोग गर्ने उपभोक्तासंग महसुल नलिने भएको छ ।
१० हजार लिटर सम्म पानी उपभोग गर्ने उपभोक्तासंग लकडाउनको समय अवधीभर महसुल नलिने निर्णय भएको समितिका अध्यक्ष मेघनाथ नेपालले जानकारी दिएकाछन् ।
सो उपभोक्ता समितिका करिव तीन सय ७७ जना उपभोक्ता रहेका छन् ।
करिव दुई सय उपभोक्ताले १० हजार लिटर भन्दा कम पानी उपभोग गर्ने भएका कारण उनीहरुले महसुल बुझाउनु नपर्ने भएको हो ।
सो समितिले गरेको निर्णयबाट स्थानीय उपभोक्ता खुशि भएको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here