पर्सा,२१ जेठ । लडकडाउनका कारण व्यापार चौपट भएको भन्दै वीरगञ्जका खुद्रा व्यवसायी सडकमा उत्रिएका छन् । आ–आफ्नो व्यवसाय चलाउन पाउनु पर्ने माग गर्दै वीरगञ्जको घण्टाघर र माइस्थानमा व्यवसायीले प्रदर्शन गरेका हुन् । सरकारले लकडाउन लम्ब्याउने काममात्र गरेको र विकल्प दिन नसकेको भन्दै व्यवसायीले आक्रोश पोखेका छन् ।
साढे २ महीना पुग्न लागिसक्दा पनि सरकारले लकडाउनको निकास दिन नसक्दा व्यवसाय चौपट भएको नेपाल विद्युतीय व्यवसायी संघ पर्साका उपाध्यक्ष सन्तोष सर्राफले बताए । सरकारले आफ्नो असफलता छोप्न लकडाउन लम्ब्याएर काम गरी खाने वर्गलाई समस्यामा पारेको आरोप उपाध्यक्ष सर्राफको छ । व्यवसायस्थलको भाडा, बैंकको ब्याज, कामदारको पारिश्रमिकलगायतका खर्च बढिरहेको छ । सरकारले लकडाउनको निकास दिने छा“टका“ट नदेखिएपछि सडकमा उत्रिनु परेको हो, सर्राफले भने । बजार बन्द राखेरमात्रै कोरोना संक्रमण नियन्त्रण नहुने व्यवसायीको तर्क छ ।
सरकारले परीक्षण र उपचारको गतिलो प्रबन्ध नगरेको र लकडाउन लम्ब्याएर व्यवसायीलाई समस्यामा पारेको उनीहरूको आरोप छ । लकडाउन जेठ ३२ सम्मका लागि लम्ब्याइएको छ ।
आंशिक रुपमा भए पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीको छ । कोरोना संक्रमणविरुद्ध सतर्कतासहति काम गर्न आफूहरू तयार भएकोमा स्थानीय प्रशासनले सहजीकरण नगरिदिएको गुनासो व्यवसायीले गरेका छन् ।
स्थानीय नेताहरूले पनि समस्याको समाधानमा पहल नगरेको भन्दै व्यवसायीले असन्तुष्टि व्यक्त गरेका
छन् । आलोपालो प्रणालीमै भए पनि व्यवसाय खोल्न पाउनुपर्ने माग उनीहरूको छ ।
यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघले बजार खोल्ने उपायका बारेमा मंगलवार पर्सा प्रशासनस“ग छलफल गरिने बताएको छ ।
बजारलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ । यसबारेमा स्थानीय प्रहरी प्रशासनस“ग समन्वय भइरहेको छ ।
प्रशासनस“ग छलफल गरेर चा“डै बजार खोल्ने मोडालिटी टुंगो लगाउ“छौं, संघका महासचिव माधव राजपालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here