अशोक पहाडी
चन्द्रनिगाहपुर,२१ जेठ /
जिल्लाका सामुदायीक विद्यालय क्रेन्टिनमा परिणत भइरहंदा निजी विद्यालयले भने धमाधम अनलाइन कक्षा सुरु गरेर पठन पाठन सुरु गरेका छन् । रौतहट जिल्लामा पहिलो पटक मुनलाईट एकेडेमी चन्द्रनिगाहपुरले अनलाइनबाटै विद्यार्थीको परिक्षा लिएर अनलाइन पठाइको थालनी गरेको थियो ।
जिल्लाका सबैजसो स्थानीय तहमा रहेका माध्यमिक विद्यालयहरु भारतबाट आउनेका लागि क्वारेन्टिन बनेको अवस्थामा प्वसन रौतहटले अनलाईन कक्षाको तयारी गरेको छ । केही प्वसनसंग आवद्ध विद्यालयहरुले रौतहट जिल्लामा अनलाईन कक्षा सुरु गरेको र बांकीले समेत लक्ष प्रविधिक ल्याएर अनलाईन कक्षा संचालनको तयारी गरेको प्याब्सन रौतहटका सहसचिव उमेश बास्कोटाले तराई एक्सप्रेसलाई बटाए ।
लकडाउनका कारण विद्यालयमा समेत प्रत्यक्ष कक्षामा गरिने पठनपाठन पनि बन्द भएपनि निजी विद्यालयले अनलाइन कक्षा संचाललन गरेकाहुन् । निजी विद्यालयले पठनपाठनलाई निरन्तरता दिन अनलाइन कक्षाको अभ्यास गर्दै आएका छन् । अनलाइन कक्षा शुरुआती दिनमा केही अप्ठ्यारा तथा प्राविधिक कमजोरी भए पनि पछिल्लो समय यसको प्रभावकारिता बढेको र परिणाममुखी बन्दै गएको मुनलाइन एजुकेशन फउण्डेसनका संचालक हरी कोईरालाले तराई एक्सप्रेसलाई बताए ।
जिल्लाका सामुदायीक विद्यालयहरुले भने अहिले सम्म के गर्ने भनेर शोच्नै नसकेको सामुदायीक विद्यालयका शिक्षकहरुको भनाइ रहेको छ ।
कोरोना महामारीपछि अनलाइन कक्षा नेपालको लागि बिल्कुलै नयांँ अभ्यास भएको र अभ्यस्त हुन केही समय लाग्ने भएकोले केही समस्या हुदै आएको मुनलाईट एकेडेमी चन्द्रनिगाहपुरका प्रिन्सिपल श्याम किशोर चौधरीको भनाइ रहेको छ । जिल्लामा हाल अहिले सबैजसो निजी विद्यालयले अनलाइन कक्षाको अभ्यास गरिररहेको प्याब्सन रौतहटका सचिव गौतम श्रेष्ठले तराई एक्सप्रेसलाई बताए ।
अनलाइन कक्षाको आवश्यकता र प्रभावकारितासंगै उनीहरूले विद्यार्थीहरूलाई विभिन्न पाठ्यक्रम ढाचा, गृहकार्य लगायत विषयमा अभ्यस्त गराउदै लगेका छन् ।
लकडाउनका कारण आफ्ना बालबालिकाहरूको पढाइ अनिश्चित हुने चिन्ता भए पनि यसको शुरुआतसंगै अहिले आफूलाई सन्तुष्ट मिलेको बताउछिन् चन्द्रपुर नगरपालिका वडानं ४ की ईन्दिरा तिवारी ।
स्वास्थ्य सुरक्षाका कारण सबै विद्यालयले अनलाइन कक्षा दिनु बाध्यता र आवश्यकता दुवै हो । यसले एकातिर विद्यार्थीलाई सूचनामैत्री बनाउन मद्दत पुगेको त छ नै, समयको महŒव पनि बुझाएको छ । अनलाइन कक्षामा सैद्धान्तिक कक्षा लिन सम्भव भए पनि व्यावहारिक कक्षा लिन भने कठिनाइ नै छ ।
निजी विद्यालयले अनलाइन कक्षासुरु गरेसंगै जिल्लाका सामुदायीक विद्यालयमा अध्यान गर्ने विद्यार्थीको पठन पाठन भने अनिश्चित बनेको छ । विद्यालयले किताव किन्न भनेपनि पढाइको कुनै ठेगान नभएको दुर्गा माध्यमिक विद्यालय चन्द्रनिगाहपुरमा कक्षा ९ की छात्र बिबिका श्रेष्ठले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here