गौर,२२ जेठ / रौतहट जिल्लाको यमुनामाई गाउपालिकाले क्वारेन्टायनमा बस्नेहरुलाई उचित मापदण्ड अनुसारको खाने कुरा नदिएको गुनासो आएको छ । सो गाउपालिकाको बिभिन्न क्वारेन्टाइनमा रहेकाहरुले यस्तै पाराहो भने आफुहरु भकै मर्ने अवस्थामा आएको गुनासो गरेकाछन् ।
क्वारेन्टाइनमा खाना, बस्नजस्ता अत्यावश्यक वस्तुको व्यवस्था गर्न नभएको भन्दै उनीहरुले गाउपालिका प्रमुख श्रीप्रसाद मुखिया र निमित्त प्रशासकिय अधिकृत सम्साद राखीको चर्को आलोचना गरेका छन् ।
यमुनामाई गाउपालिकाका प्रमुख र निमित्त प्रशासकिय अधिकृत राखीले कमीशनको चक्करमा लागेर आइसुलेसन वार्डको लागि घर नखोजेका कारण पांच जना संक्रमित अझै क्वारेन्टिनमै रहेकाछन् । जनता माध्यमिक विद्यालय सखुवाहको क्वारेन्टिनमा रहेका ५ जना संक्रमित अझै सोही विद्यालयको क्वारेन्टिनमा रहेका कारण अन्य समेत त्रसित बनेकाछन् ।
सो गांउपालिकामा रहेका क्वारेन्टाइनमा सुत्नका लागि खाट, तातो पानी र राम्रो खाना समेत नदिएको उनीहरुको आरोप छ । यस्तै, स्वास्थ्यकर्मीले चेकजाच नगरेको उनीहरुले गुनासो गरेका छन् । लकडाउनका कारण समस्यामा परेपछि भारतको विभिन्न शहरबाट फरक फरक मितिमा घर आएकाहरु क्वारेन्टाइनमा बसेका हुन् । क्वारेन्टाइनमा सामाजिक दूरी समेत कायम गर्न नसकिएको कारण स्थानीय समेत त्रसित भएको स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । आइसुलेशन वार्ड बनाउनका लागि घर खोज्न गएका गापा प्रमुख र निमित्त प्रशासकिय अधिकृतले घर धनीसंगै कमिशन मागेका कारण अहिले सम्म संक्रमितहरु अन्यसंगै क्वारेन्टिनमा बस्न बाध्य भएको एक स्थानीय बासिन्दाले जानकारी दिएकाछन् । नुहाउनका लागि गाउपालिकाले एकजना बराबर आधा लुगाधुने सावुन दिने गरेको र खाजामा चिउरा भुजा र नुन दिने गरेका कारण आफुहरु क्वारेन्टिनमै मर्ने अवस्था आएको क्वारेन्टिनमा रहेका नौशाद आलमले दखेसो गरे । उनले भने न बेलामा खाने कुरा पाईन्छ ,यहां १५ दिन बसियो भने कोरोनाले हैन भोकले मरिने भइयो । गाउपालिकाका हाकिम र प्रमुख कमिशनको चक्करमा लागेका कारण ठेकेदारले क्वारेन्टिनमा बसेकाहरुलाई गुणस्तरहिन खाना खुवाउने गरेको स्थानीयको भनाइ रहेको छ । सो बिषयमा सो गाउपालिकाका प्रमुख सम्सादको मोवाइलमा पटक पटक सम्पर्क गर्ने प्रयास गर्दा समेत सम्पर्क हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here