अशोक पहाडी,चन्द्रपुर,२२ जेठ । क्वारेन्टिनमा सबेकाहरुले राम्रसंग बस्न खान नपाएको रिस स्वास्थ्यकर्मी माथि खोख्न थालेकाछन् ।
जिल्लाका बिभिन्न स्थानीय तहले संचालन गरेका क्वारेन्टिनमा बसेका नागकिरले स्थानीय तहले आफुहरुलाई राम्रो ब्यावहार नगर्ने गरेको गुनासो आउदै गरेको बेलामा स्वाव संकलनका लागि क्वारेन्टिन भित्र जाने स्वास्थ्यकर्मी माथि हापात हुन थालेको छ । बुधबार दिउसो रौतहटको दक्षिणीभेग राजपुर नगरपालिका स्थित क्वारेन्टाईनमा खटिरहेका स्वास्थकर्मी माथी हातपात गर्नुुका साथ स्वास्थकर्मी चढने सवारी साधन समेत तोडफोड भएको छ ।
क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीको आरडिटी परिक्षणको नतिजा जोजिटिभ आएपछी घर जान नपाएको रिसमा दर्जनौको संख्यामा क्वारेन्टिनमा बसेकाहरुले एकैपटक स्वास्थकर्मी माथि आक्रमण गरेका थिए ।
आक्रमणबाट सहायक नगर स्वास्थ संयोजक रामनरेस साह र अर्का स्वास्थकर्मी खुुर्सिद आलमको टाउको फुुटेको छ । उनीहरुको प्राथमिक स्वास्थ केन्द्र राजपुरमा उपचार भइ उनीहरु घर फर्केको नगर स्वास्थ संयोजक रबीन्द्र कुमार झाले जानकारी दिएका छन । साथै उनीहरुले स्वास्थकर्मी चढने तिनवटा निजी मोटर साईकलमा समेत तोडफेोड गरेको संयोजक झाले जानकारी दिएका छन ।
स्वास्थकर्मी माथी भएको आक्रमण पछी नगरक्षेत्रमा कार्यरत सबै स्वास्थकर्मी काम छोडेर घर गईसकेको र आफुु एक्लै दिनभर कार्यालयमा बसिरहेको संयोजक झाले जानकारी दिएका छन ।
क्वारेन्टाईन अन्र्तगत बसीरहेका मध्ये एकसय ८४ जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको थियो ।
निगेटिभ आएकाहरुलाई घर पठाउनु अघि बुधबार फेरी एकसय जनाको गरिएको परिक्षणमा ३० जनाको नतिजा पोजिटिभ आएपछी उनीहरु आक्रोसित हुंदै एक्कासी स्वास्थ्यकर्मी माथि आक्रमणमा उत्रेको राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत बैजु ठाकुरले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । राजपुर नगरपालिकाको बिभिन्न वडामा जिल्लामै सबभन्दा बढी ८३ जना कोरोना भाईरस संक्रमित फेला परेकाछन् ।
हाल नगरक्षेत्र अन्र्तगत निर्माण भएको क्वारेन्टाईनहरुमा दुुईहजार सातसय ११ जना बसिरहेको प्रशासकिय अधिकृत ठाकुले बताए ।
उनीहरु लकडाउन पछी भारतको बिभिन्न सहर बाट आएका थिए ।
भारतको मुुंम्बई,दिल्ली,अहमदाबाद लगायतका सहरहरुमा कोरोना भाईरसको उच्च संक्रमण रहेकाले त्यहाबाट आएकाहरु लाई छोडनुु अघि बढी सर्तकता अपनाईएको नगर स्वास्थ संयोजक रबिन्द्र कुमार झाले जानकारी दिएका छन ।
भारतबाट बिभिन्न समस्या झेल्दै आफ्नो गाउमा आएको र आफ्नै गाउमा समेत स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा समेत राम्रोसंग बस्न खान नपाएपछि उनीहरुले नियमित उनीहरुको नजिक रहने स्वास्थ्यकर्मीलाई निसाना बनाउन थालेको एक स्वास्थ्यकर्मीले जानकारी दिए ।
रौतहट जिल्लाका अन्य स्थानीय तहमा रहेका क्वारेन्टिनमा बस्नेहरुले समेत आफ्नो आक्रोस स्वास्थ्यकर्मीमाथि खोख्न थालेकाछन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफुहरुको बेवास्ता गरेको र क्वारेन्टिनको अवस्थाका बारेमा चासो नदिएको भन्दै क्वारेन्टिनमा बस्नेहरुले सामाजिक संजाल मार्फत जनप्रतिनिधिलाई गालीगलौज गर्दै आएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here