बागमती,२२ जेठ । जिल्लाको चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानमा रहेका सरकारी तथा सार्वजनिक जमिन मास्ने र हडप्ने काम हुदा समेत नगरपालिका कानमा तेल हालेर बसेको छ ।
चन्द्रपुर नगरपालिकाको वडानं १ स्थित सिंचाईको जमिन अतिक्रण गरेर स्थानीय महल बनाउदा समेत नगरपालिका तथा वडा कार्यालयले थाहा नपाएको जस्तो गरेको स्थानीयको भनाइ रहेको छ ।
बागमती पुलसंगै रौतहट फर्त रहेको सिंचाइको पुराना भवन तथा जमिन रहेको भएपनि स्थानीयले सो जमिन अतिक्रण गरेर घर बनाउने काम गर्दा समेत नगरपालिकाले ध्यान नदिएको स्थानीय बासिन्दा अर्चन सहनीले तराई एक्सप्रेसलाई बताए ।
सो बिषयमा सिंचाइले समेत जमिनको बिषयमा वास्ता नगरेको र नगरपालिकाले समेत वास्ता नगरेका कारण सो जमिन मिचेर स्थानीयले तनि तले घर समेत बनाउदा वडा कार्यालयले बेवास्ता गरेको स्थानीय सहनीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाका अन्य स्थानमा समेत नगरपालिकाले चासो नदिएका कारण धेरै स्थानमा सर्वजनिक जमिन अतिक्रण हुने क्रम रोकिन सकेको छैन । वडानं १ को बिभिन्न स्थानमा सार्वजनिक जमिन कब्जा गरेर घर बनाउने क्रम रोकिन नसकेको स्थानीय बासिन्दाले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here