अशोक पहाडी
रौतहट २२ जेठ । रौतहटमा गुडिरहेको मोटरसाइकलबाट लडेर एकजना वृद्ध महिलाको मृत्यु भएको छ । प्रदेश २ ,३००१ प ४०२९ नम्बरको गुडिरहेको मोटरसाइकल बाट गरुडा नगरपालिका ५ महम्मदपुर नजिकै ती महिला मोटर साइकलबाट लडेकी थिइन । टाउकोमा चोट लागेर गम्भीर फतुआ बिजयपुर ५ कि ६० बर्षिया रमसखिया देविको गरुडा स्थित सामान्य उपचार पछी थप उपचार को लागि बिरगंज जानेक्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए । मोटरसाइकल र चालक फतुवा बिजयपुर ५ का दरोगा यादवको छोरा २० बर्षिय संजिव यादव नियन्त्रणमा रहेको डिएसपी महतोले जनाएका छन । नातामा भदा पर्ने संजिवले फुफु रमसखियालाई आज बिहान घरबाट काम बिशेषले गरुडा लिएरजांदा दुर्घटना भएको हो । पक्राउ संजिव यादव संग सवारी चालक अनुमतिपत्र न रहेको र घटना बारे थप अनुसंधान भैइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।