काठमाण्डौं २३ जेठ ।
जनता सामाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद गंगा चौधरीले संसदमै घृणा फैलाउने अभिव्यक्ति (हेट स्पिच) दिएको भन्दै कानूनी कारबाही गर्न माग गरेकी छन् । सांसद गिरीले शुक्रबार संसदको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद चौधरीलाई कारबाही गर्न गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएकी हुन् । उनले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथिकै आक्रमण भएको जिकिर गरिन । सांसद गंगा चौधरीले गत जेठ १९ को संसद बैठकमा सरिता गिरीतर्फ इंगित गर्दै संसदमा भारतीय चेलीको दादागिरी चल्न थालेको वक्तव्य दिएकी थिइन् । जेठ १९ को त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनसमेत गिरीले माग गरेकी छन् ।
चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?