जनकपुर २३ जेठ ।
प्रदेश २ मा तीव्र गतिमा कोरोना भाइरस संक्रमित बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आठ जिल्लामा संक्रमितको संख्या ९६१ पुगेको हो । सबैभन्दा बढी रौतहटमा ३८४ संक्रमित फेला परिसकेका छन् । यस्तै सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यस्तै वीरगन्ज आएका तीन भारतीय नागरिक संक्रमित फेला परेका थिए । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ १५ सम्ममा प्रदेश २ मा ४ सय जना मात्र कोरोना संक्रमित थिए । तर ७ दिनमै संक्रमितको संख्या ह्वात्तै थपिएका छन् ।